काठमाडौं, १० फरवरी, २०२०
बम विस्फोट गराउने चन्द समूहका नेतासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शोभाकान्त ढकालको घरमा चन्द समूहका नेताले बम विस्फोट गरेका थिए ।
पक्राउ पर्नेमा स्थायी ठेगाना गोर्खा भएका कपिल भट्ट रहेको प्रहरीले जानकारी दिएको छ । भट्ट गण्डकी ब्यूरो सदस्य रहेको प्रहरीले बताएको छ । पक्राउ परेका अन्य ६ जनामा दैलेख घर भइ हाल नैकाप बस्ने भीम अधिकारी, पोखरा घर भइ हाल नैकाप नै बस्ने विष्णुप्रसाद अधिकारी, रामेछाप घर भइ हाल नैकाप नै बस्ने हरीचन्द्र खड्का, गोकर्णेश्वर घर भइ हाल पुरानो ठिमी बस्ने दिनेश नगरकोटी, गोरखा घर भइ भैंसेपाटी बस्ने विकाश थापा, सिन्धुपाल्चोक घर भइ हाल भैसेपाटी बस्ने राजकुमार मगर रहेका छन् ।
महाशाखाको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो । माघ १ गते बेलुका ढकालको घरको गेटमा बम विस्फोट गराइएको थियो ।









































