HomeFeatureहातेमालोको वार्षिक  स्मारिका 'द भ्वाइस अफ एभरेस्ट'-को 18औँ संस्करण नयाँ  दिल्लीमा विमोचन 

हातेमालोको वार्षिक  स्मारिका ‘द भ्वाइस अफ एभरेस्ट’-को 18औँ संस्करण नयाँ  दिल्लीमा विमोचन 

नयाँ दिल्ली, 10 फरवरी 2020

भारतको राजधानी नयाँ दिल्लीमा चार्टर्ड अकाउन्टेन्सी अध्ययनरत विद्यार्थीहरुको छाता संगठन हातेमालो नेपाली विद्यार्थी समूहको वार्षिक स्मारिका ‘द भ्वाइस अफ एभरेस्ट’-को 18औँ संस्करण विमोचन गरिएको छ। लक्ष्मीनगरस्थित जे.के. शाह क्लासेसको प्राङ्गणमा एक औपचारिक कार्यक्रमका बीच वार्षिक स्मारिका ‘द भ्वाइस अफ एभरेस्ट’-को 18औँ संस्करण विमोचन गरिएको हो।

भारतका लागि नेपाली दूतावासका सांस्कृतिक प्रमुख होमनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथीका रूपमा आ.सी.ए.आई-का केन्द्रिय परिषद सदस्य सी.ए. हंसराज चुघ, प्रखर वक्ता सी.ए. आर. के. गुप्ता र जे.के. शाह क्लासेसका सी.ओ.ओ. सी.ए. आशिष शाह उपस्थित रहनुभएको थियो। कार्यक्रममा हातेमालो नेपाली विद्यार्थी समुहका तेस्रो कार्यकालका सचिव सि.ए. प्रवेश आचार्य र चौथो कार्यकालका सचिव सुधन महतको पनि उपस्थिति रहेको थियो।

संस्थाका सदस्य समीर अधिकारीको स्वागत मनतव्यबाट शुरू भएको कार्यक्रमको संचालन विपल चौलागाईंले गर्नुभएको थियो। स्मारिका विमोचन बारे सम्बोधन गर्दै संस्थाका सचिव आरक्षण रिजालले स्मारिका प्रकाशन हुदासम्मको आरोह-आवरोहहरूको बारेमा स्मरण गर्नुभयो। स्मारिका प्रकाशनका लागि सहयोग गर्नुहुने ज्ञात-अज्ञात सम्पूर्ण हातहरूमा धन्यवाद प्रकट गर्दै उहाँले पुस्तकमा रहेको कमिकमजोरी औल्याइदिन अनुरोध पनि गर्नुभयो।

स्मारिका विमोचनमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउनेहरू र कार्यक्रममा उपस्तिथ सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति  तथा संस्थाका अध्यक्ष रोशन यादवले आगामी दिनहरुमा पनि संस्थाले विद्यार्थीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले यस स्मारिकालाई ई-बुक-मार्फत पनि छिट्टै प्रकाशन गरिने बताउनुभयो।

स्मारिकामा हातेमालोका सदस्य र अन्य व्यक्तित्वद्वारा लेखिएको पेशागत, आर्थिक, साहित्यिक, खेलकुद, प्रेरणादायी र अन्य थुप्रै लेखहरु समेटेर संस्थाको अमूल्य सम्पत्तिको रूपमा प्रकाशन गरिएको छ। सी.ए. फाइनल, ईन्टरमिडिएट र फाउन्डेसन परिक्षा उतिर्ण हुनुभएका विद्यार्थीहरुलाइ सम्मान पनि गरिएको उक्त कार्यक्रमा गीत, कविता र गजलहरु पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा हातेमालोको नयाँ सहयोगी सदस्यहरुको चुनाव पनि गरिएको थियो। उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्यहरुलाई पनि हातेमालोले सम्मान गरेको थियो।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत 120 जनाको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...