HomeFeature‘म यस्तो गीत गाउँछु २’  सँग  हिन्दी चलचित्र‘बाघी ३’  जुधे पनि  कुनै...

‘म यस्तो गीत गाउँछु २’  सँग  हिन्दी चलचित्र‘बाघी ३’  जुधे पनि  कुनै डर नभएको : निर्देशित सुदर्शन थापा

काठमाडौँ, १० फरवरी, २०२०
‘म यस्तो गीत गाउँछु २’ सुदर्शन थापा निर्देशित चलचित्र प्रदर्शनका मिति पर्खिरहेको छ, फागुन २३ गने रिलिज हुनेछ ।
उक्त मितिमा नै फेरी हिन्दी चलचित्र टाइगर श्राफको ‘बाघी–३’ पनि प्रदर्शन हुने तम्तयारीमा छ । भर्खरै यसको ट्रेलर सार्वजनिक भएको छ, जसले सानोतिनो पराकम्पन पैदा गरिसकेको छ ।

यसको अर्थ सिनेमा घरमा ‘म यस्तो गीत गाउँछु–२’ले ‘बाघी–३’सँग भिड्नुपर्नेछ । त्यसै त बलिउडले तर्साएको नेपाली चलचित्र । त्यसमाथि बहुप्रतिक्षित हिन्दी चलचित्रसँगको भिड्नुपर्ने । यस्तो अवस्थामा धेरैले के अनुमान गरेका छन् भने, ‘म यस्तो गीत गाउँछु–२’ले प्रदर्शन मिति सार्नेछ ।

तर, यो अड्कलबाजीलाई निर्देशक सुदर्शन थापाले खारेज गरिदिएका छन् । उनी आफू कुनै पनि हालतमा उक्त मितिबाट नसर्ने बताउँछन् । उनले भने, ‘हामी सर्दैनौँ । कहिलेसम्म नेपाली चलचित्रहरु बाहिरी देशका चलचित्रहरुसँग भाग्ने ? त्यसो हो भने त नेपाली चलचित्र नै नबनाए भइगयो नि ।’ राम्रो रिलिज डेट सबै हिन्दी चलचित्रले नै लिने र नेपाली चलचित्र पछि हट्ने हो भने नेपाली चलचित्र खत्तम हुने सुदर्शनले बताए ।

आफू कमजोर नभएकाले ‘बाघी ३’सँग जुध्न कुनै डर नभएको सुदर्शनले बताए । उनले भने, ‘हाम्रो गीत संगीतलाई पनि दर्शकले रुचाउनु भएको छ । दर्शकले हाम्रो चलचित्रलाई पनि प्रतिक्षा गरिरहनु भएको छ । त्यसैले हामीले दर्शकको साथ पाउनेमा ढुक्क छौँ ।’

‘बलिउडको प्रतिक्षित चलचित्र आएपछि मल्टिप्लेक्स हलहरुमा शो नपाइने डर छ कि छैन् ?’, अनलाइनखबरको यस प्रश्नमा सुदर्शनले भने, ‘दुई वटा चलचित्र आएपछि शो त बाडिन्छ नै । तर, अब जति शो पाइन्छ त्यसैलाई स्विकार्छौँ ।’

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यस चलचित्रको तीन गीत रिलिज भइसकेका छन् । केही दिनमा नै ट्रेलर रिलिज हुदैँछ । फागुन १ गते चलचित्रको ट्रेलर सार्वजनिक गरिने निर्देशक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...