HomeFeatureकिशोरी बेचबिखन प्रयासको आरोपमा दुई जना पक्राउ

किशोरी बेचबिखन प्रयासको आरोपमा दुई जना पक्राउ

गोरखा, १० फरवरी, २०२०
१७ बर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज (बिक) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताए ।

उनीहरुले चितवनतर्फ लैजाँदै गर्दा किशोरीलाई शंका लागी भागेर घर फर्किएकी थिइन् । त्यसपछि घटनाबारे आमालाई सुनाएकी थिइन् । आमाले आफन्तसँगको सल्लाहमा ढकाल र दूतराजविरुद्ध प्रहरीमा जाहेरी दिएका डीएसपी खतिवडाले बताए ।

‘कक्षा ९ मा पढ्ने बालिकालाई तिम्रो हाइट पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने तिम्रो भाग्य चम्किन्छ, एक करोड पाउछौ भनेर ललाइफकाइ गरेछन्,’ डीएसपी खतिवडाले भने ।

उनका अनुसार माघ २३ गते ढकाल र दूतराजले उक्त व्यक्तिहरुले बालिकाको हाइट नापेर भिडियोसमेत बनाएका थिए । ‘अघिल्लो दिन भिडियो बनाए, भोलिपल्ट (माघ २४ गते) बालिकालाई लिएर उनीहरु घरबाट हिँडे,’ उनले भने, ‘बाटोमा पुगेपछि बालिकालाई शंका लागेछ अनि भागेर घर आइछिन् र आमालाइ भनिछन् ।’

प्रहरीमा जाहेरी परेपछि ढकाल र दूतराजलाई प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । उनीहरु विरुद्ध बेचविखन तथा मानव ओसारपसार कसूर अन्तर्गत प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...