नयाँ दिल्ली डेस्क, 10 फरवरी 2020
आजभोली परदेशीको दु:ख परदेशमा गरिने कडा मेहेनतभन्दा घरमा छुट्ने साथको बढि हुन्छ। हुन पनि हो, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जुन संख्यामा युवाहरु श्रम बेच्न विदेश पलायन हुन्छन, त्यसमध्ये अधिकांशका अर्धाङ्गिनीले अर्कैको हात समाउने प्रचलननै बनेको छ। यस्तै एक घटना प्रकाशमा आउँदा चर्चाको विषय बनेको छ भने परदेशमा कमाउन भनि गएका पतिमाथि ठूलो बज्रपात खसेको छ।
कतारमा मजदुरी गर्न गएका झापा जिल्ला साविक सनि अर्जुन गाविस वडा नम्बर 9 अर्जुन धारा नगरपालिका 11-का बस्ने टेक बहादुर सुनुवार र नरमाया सुनुवारका 41 वर्षिय छोरा नेत्रबहादुर सुनुवार, श्रीमती अर्कैसँग पोइला गएपछि उनको खोजीमा डुलीरहेका छन। नेत्रबहादुर आफ्नी छोरीको लागी पनि पोइला गएकी श्रीमतीलाई रातदिन लागेर खोजी गरिरहेका छन्। घर धान्नका लागि कतार कमाउन हिँडेका नेत्रबहादुर घर फर्किन 1 महिना मात्र बाँकी रहेका बेला उनकी श्रीमती पदमा सुनुवार सुर्खेतका दिनेश थापा भनिने देवीराम सुनारसँग भागेकी हुन।
नेत्रबहादुर सुनुवार र पदमा भट्टराईको 7 वर्षअघि राजीखुशी लगन-गाँठो कस्सिएको थियो। नेत्रबहादुर घरमै रहेका बेला श्रीमतीसँग राम्रै माया प्रेम रहे पनी विदेश कमाउन गएका बेला सुर्खेतको चौकुने गाउपालिका गुड्डु जुमल्या मुलका वासिन्दा दिनेश थापा उपनाम भएका देवीराम सुनारसँग भागेकी हुन। घरको सबै आर्थिक लेनदेनको लेखाजोखा राख्ने गरेकी पदमाले चारै तर्फ व्यवहार बिगारेकाले नेत्रबहादुर सुनुवारले पदमाको खोजी गरिरहेका छन।
अहिले उनी श्रीमती भगाउने सुर्खेतस्थित देवीरामको घरमा पुगेर उनिहरुलाई खोज्ने प्रयास गरे पनि उनिहरुको पत्तो नलागेपछि झनै चिन्तित बनेका छन। तर छोरीका लागि पनि उनिहरुलाई खोज्ने काम नरोक्ने नेत्रबहादुरले बताएका छन।
श्रीमती र छोरीलाई खोज्न सुर्खेत पुगेका नेत्रबहादुरले अब खोजीको अन्तिम विकल्पका लागी काठमाडौँ जाने बताएका छन भने उनको बारेमा थाहा पाउने जो कसैलाई पनि नेपाली मोबाईल नम्बर 00977-9813876556 र भारतीय नम्बर 0091-9872981511 मा जानकारी दिन आग्रह गरेका छन।









































