HomeFeatureयुटिलिटी करिडोर सम्बन्धि कानून नबन्दासम्म केही नेपाल ऐनलाई संशोधन गरेर अगाडी बढ्न...

युटिलिटी करिडोर सम्बन्धि कानून नबन्दासम्म केही नेपाल ऐनलाई संशोधन गरेर अगाडी बढ्न सकिन्छः अर्थमन्त्री खतिवडा

काठमाण्डौ, 10 फरवरी 2020

अर्थमन्त्री युवराज खतिवडाले युटिलिटी करिडोर सम्बन्धि कानून नबन्दासम्म केही नेपाल ऐनलाई संशोधन गरेर अगाडी बढ्न सकिने बताउनुभएको छ। सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा भएको छलफलमा सांसदहरुले आवश्यक एने नबन्दा युटिलिटी कोरिडोर अनिश्चित बनेको गुनासो गरेपछि खतिवडाले यस्तो बताउनुभएको हो। काठमाडौं उपत्यका विकास प्राधिकरण आफैमा समून्वयकारी निकाय भएको उल्लेख गर्दै खतिवडाले यसको ऐन र तत्काल नेपाल ऐनमा संशोधन गर्न सकिने तर्फ सरकार अगाडी बढेको बताउनुभयो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस सम्बन्धि ऐन ड्रफ्ट भइसकेको र संसदको चालु अधिवेशनबाटै पारित गर्न सकिने अवस्था रहेको बताउनुभयो। युटिलिटी उपत्यकामा मात्रै केन्द्रीत नभएर मध्यपहाडी लोकमार्ग, घना वस्ती सहरी क्षेत्र भएका तराई मधेशका जिल्लामा पनि यो लागु हुने बताउनुभयो। निर्माण भइसकेको र निर्माण भइरहेका योजनालाई समेट्ने गरी कानून बन्ने उहाँले बताउनुभयो।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङले समुन्वय अभावमा सडक सुधारका काममा समस्या उत्पन्न भएको बताउनुभएको छ। अब नयाँ निर्माण गर्ने सडक र यो सँग सम्बद्ध दुर सञ्चार, विद्युतिय लाइन विच्छाउने, ढल निकास लगायतका कुराहरु नयाँ आयोजनाको डिजाइनमा अनिवार्य गरेर अगाडी बढ्न सकिने उहाँले बताउनुभयो।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले विकासको गति र प्रकृया अगाडी बढेपनि विकेन्द्रीकृत कार्यले गर्दा विकासमा अवरोध सिर्जना भएको बताउनुभयो।

समिति सभापति कल्याणी कुमारी खड्काले हरेक विकासका आयोजनामा राष्ट्रिय नीतिको आवश्यकता रहेको उल्लेख गर्दै दातृ संस्थाले बनाएको मापदण्ड अनुसार अगाडी बढ्दा समस्या उत्पन्न हुने गरेको बताउनुभयो। उहाँले राष्ट्रिय नीति तय गर्ने तर्फ सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले ऐन निर्माण गरेर कार्यान्वयन गर्न सके राष्ट्रिय स्रोत साधन बचतमा सहयोग पुग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...