HomeFeatureपूर्व सचिव कार्कीकी श्रीमती मुना कार्कीको हत्या यसरी गरेका थिए चौधरीले

पूर्व सचिव कार्कीकी श्रीमती मुना कार्कीको हत्या यसरी गरेका थिए चौधरीले

काठमाडौं, ११ फरवरी, २०२०
नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या घरमा सहयोगीका रूपमा राखिएका दाङका बिजय चौधरीले गरेको सीसीटीभी फुटेजबाट देखिएको छ । सोमवार बिहान पूर्वसचिव कार्की पशुपति दर्शन गर्न गएका बेला कार्कीको घरमा सहयोगीका रूपमा रहेका चौधरीले मुनाको हत्या गरेका थिए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको घरमा रहेका ३ वटा सीसीटिभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य हेरेका थिए ।

प्रहरी स्रोतका अनुसार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनाको हात बाँधेका थिए । ‘प्लास्टिकको पहेंलो डोरीले पछाडिबाट मुनाको हात र घाँटीमा कसेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि मुना भुईंमा लडिन् । अनि त्यसपछि निलो पिर्काले मुनाको टाउकोमा हानेका थिए । यो घटना भान्साकोठामा भएको थियो । त्यसपछि चौधरीले मुनालाई डोरीमा समातेर घिसारे । प्रहरी स्रोतको दाबीअनुसार चौधरी त्यसपछि किचनसँगैको बरण्डामा गैर डोरीमा झुण्डिएर देह त्याग गरेका हुन् ।

निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेर चिच्याएपछि जम्मा भएका छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए।त्यसलगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको थियो। ‘प्रहरी घर पुगेर छाम्दा पल्स भेटिएपछि उहाँलाई नजिकै रहेको स्टारअस्पताल लगिएको हो,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘उहाँको अवस्था निकै गम्भीर थियो। यस्तै कामदारको भने निधन भइसकेको अवस्था थियो।’सो क्रममा भान्छा कोठामा रहेको टेबुलमा साग र मोबाइल फोन फेला परेको छ भने चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ। पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो । आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन् । उनी अब कहिल्यै पशुपति नजाने भन्दै बिलौना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...