HomeFeatureदिल्ली विधानसभा मतगणना : स्पष्ट बहुमततर्फ आम आदमी पार्टी

दिल्ली विधानसभा मतगणना : स्पष्ट बहुमततर्फ आम आदमी पार्टी

नयाँदिल्ली,११ फरवरी, २०२०
दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । सुरुवाती परिणाममा आम आदमी पार्टी (आप) स्पष्ट बहुमततर्फ अग्रसर बनेको देखिएको छ । यद्यपि, उसलाई १० भन्दा बढी सिटमा घाटा भएको देखिएको छ । पछिल्लो विधानसभा चुनावमा उसले ६७ सिटमा जित हासिल गरेको थियो ।

आपले गुमाएको सिट भारतीय जनता पार्टी (भाजपा) ले जित्ने सङ्केत देखिएको छ । बिहान साढे ९ बजेसम्मको मतपरिणाम अनुसार आप ५३, भाजपा, १६ र कँग्रेसले १ सिटमा अग्रता बनाएको छ ।

दिल्लीमा अहिले पनि आप कै सरकार छ । भाजपाले दिल्लीमा पछिल्लो २२ वर्षदेखि सरकार बनाउन सकेको छैन भने कँग्रेस पनि ७ वर्षदेखि सत्ता बाहिर छ ।

मतगणना अघि उपमुख्यमन्त्री मनिष सिसोडियाले भनेका थिए, ‘हामी यो चुनाव जित्नेमा ढुक्क छौँ किनभने पछिल्लो ५ वर्ष हामीले जनताको लागि काम गरेका छौँ ।’

यसअघि, सबै एक्जिट पोलमा आपले नै सजिलै बहुमत हासिल गर्ने देखिएको थियो । तर, भाजपाले भने त्यसलाई खारेज गर्दै आइरहेको थियो । उसले यो चुनावमा ४८ सिट जित्ने दाबी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...