रौतहट, ११ फरवरी, २०२०
रौतहटको दुर्गाभगवती गाउँपालिका ३ पर्सा गाउँका एक वृद्वको हत्या भएको छ ।
सोमबार राति ७० वर्षीय फेकन पण्डितको हत्या भएको प्रहरीले जनाएको छ।
खाना खाएर सुतेका पण्डित बिहान मृत फेला परेका थिए । पण्डिलाई वस्तुले प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









































