HomeFeatureबैतडीमा फ्रान्सेली नागरिकद्वारा आइ.सी.यु.-सहितको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा

बैतडीमा फ्रान्सेली नागरिकद्वारा आइ.सी.यु.-सहितको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा

बैतडी, 11 फरवरी 2020/ हिम शाह

फ्रान्सेली नागरिक डा. बर्नाड जेफले व्यक्तिगत लगानीमा बैतडीमा पहिलोपटक सघन उपचार कक्ष (आइ.सी.यु.) सहितको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउनुभएको छ। दशरथचन्द नगरपालिका 4 स्थित शाहीलेक बजारमा सोमबारदेखि ‘निको शक्ति अस्पताल’ सञ्चालनमा आएको हो।

निजी लगानीमा स्थापना भएको उक्त अस्पतालमा आईसीयु-सहित वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने जनाईएको छ। जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट र दशरथ चन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्त रुपमा अस्पताल उद्घाटन गर्नुभएको हो।

बैतडीको शाहीलेकमा सञ्चालनमा आएको अस्पतालमा न्यूतम शुल्कमा गुणस्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाइएको छ। आइसीयूसहित 25 शैय्या सञ्‍चालन अनुमति पाएको अस्पतालले तत्काल 15 शैय्याबाट सेवा सुरू गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र खत्रीले जानकारी दिनुभयो। अस्पतालले जनरल सेवाका साथै सर्जरी लगायतका सेवा पनि प्रदान गर्ने जनाएको छ।

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको हो। उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख भट्टले निको शक्ति अस्पतालले बैतडी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभयो।

यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख थापाले उपचार गर्नकै लागि भारत तथा अन्य जिल्लाका अस्पतालले जानुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...