काठमाडौं,१२ फरवरी, २०२०
राष्ट्रपति विद्यादेवि भण्डारीले मतदान स्थललाई मतदातामैत्री बनाउन निर्वाचन आयोगलाई सुझाव दिएकी छन् । निर्वाचन आयोगले राष्ट्रपति समक्ष पेश गरेको २०७५ र ०७६ को प्रतिवेदन बुझ्दै यस्तो बताएकी हुन् । निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउन मतदान स्थल र केन्द्र निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदातामैत्री बनाउन सुझाव दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलामैत्री बनाउन समेत सुझाव दिएकी हुन् । भौगोलिक विकटता रहेको भएपनि कतिपय सम्पन्न एवम् विकसित मुलुकको तुलनामा निर्वाचनमा नेपाली मतदाताहरूको सहभागिता उल्लासपूर्ण रूपमा हुने गरेको सुखद पक्ष रहेको बताउँदै अझै बढी मतदाताको सहभागिताको लागि आवश्यक कार्यहरू गर्न सुझाव दिएकी हुन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगले गरेका काम कारवाही सहितको २०७५ र ०७६ को वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।









































