HomeFeatureहेर्नुहोस बलिउड स्टारको यस्ता छन् अनौठा आनीबानी

हेर्नुहोस बलिउड स्टारको यस्ता छन् अनौठा आनीबानी

नयाँदिल्ली, १२ फरवरी, २०२०
बलिउड अभिनेता शाहरुख खान जुत्ता खोल्न जाँगर गर्दैनन् । कतिपय स्थान यस्ता हुन्छन्, जहाँ जुत्ता लगाउन उचित वा शोभनिय मानिदैन । त्यस्तो स्थानमा पनि जुत्ता खोल्न आनाकानी गर्छन् उनी । भनिन्छ, बेलाबखत उनी ओछ्यानमा पनि जुत्ता लगाएरै पुग्ने गर्छन् ।

मिस्टर परफेक्शनिस्ट आमिर खान नुहाउन अल्छी गर्छन् । उनलाई नुहाउनका लागि श्रीमती किरण रावले कर गर्नुपर्छ ।

अमिताभ बच्चन दुबै हातमा घडी लगाउँछन् । जब अभिषेक पढ्नको लागि विदेश गएका थिए, त्यसबेला भारत र त्यहाँको टाइमजोनको कारण उनले दुईवटा घडी बाँधेका थिए । अहिले उनको यो स्टाइल नै भएको छ ।

बलिउडमा पहिलो पटक ‘विकिनी’ फोटोशुट गराएकी शर्मिला टैगोर पुत्र सैफ आली खानको खराब बानी छ, बाथरुममा लामो समय बिताउने । बाथरुममा प्रवेश गरेपछि उनी लामो समय निस्कदैनन् । के भनिन्छ भने, सैफको बाथरुममै पुस्तकालय र टेलिफोन छ ।
सुष्मिता सेन खुला आकासमुनी नुहाउन चाहन्छिन् । उनलाई बाथरुममा भन्दा खुला स्थानमा नुहाउन बढी आनन्द लाग्छ । त्यसैले त उनले आफ्नो घरको छतमा बाथ टप राखेकी छिन् । त्यस्तै अर्को पनि उनको अनौठो बानी छ, सर्प पाल्ने । सुष्मिताले घरमा पाइथन नामक सर्प पालेकी छिन् ।

सैफकी श्रीमती एवं अभिनेत्री करिना कपूरको बानी के छ भने, अक्सर नङ टोक्ने । हुन त धेरैको यस्तो बानी हुन्छ । करिना चाहिँ धेरैजसो समय नङ टोकिरहेकी हुन्छिन् । अहिलेसम्म उनले यो बानी हटाउन सकेकी छैनन् ।

अभिनेता जितेन्द्रको अनौठो बानी छ, ट्वाइलेटमा पनि मेवा खाने । उनी अक्सर ट्वाइलेट बसेपछि मेवा खान रुचाउँछन् । र, ट्वाइलेटमा मेवा लिएरै जान्छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...