दार्जीलिङ, 12 फरवरी 2020 / कयेश अंसारी
दार्जीलिङ पडाडमा हेप्पी चिया बगानका श्रमिकहरूले प्रबन्धकलाई घेराउ गरेका छन्। श्रमिकहरूले एक महिनाको तलब र 4 साताको ज्यालाको माग गर्दै प्रबन्धकलाई घेराउ गरेका हुन्। श्रमिकहरूले वर्तमान प्रबन्धकले आफुहरूको रकम हिनामिना गरेको बताउँदै बगानका लागि नयाँ प्रबन्धक पठाएका छन्। ज्याला माग गर्दा वर्तमान प्रबन्धकले बगान घाटामा गएको बताउँदै अहिले ज्याला दिन सक्ने अवस्था नरहेको बताउने गरेको उनिहरूको आरोप छ।
बगानका मालिक बंसललाई वर्तमान प्रबन्धक हटाएर नयाँ प्रबन्धक ल्याउन आग्रह गर्दा उहाँले कुनै प्रतिक्रिया नदिएपछि प्रबन्धकलाई बगान छोड्नको लागि भन्न आफुहरू बाध्य भएको श्रमिकहरूले बताएका छन्। उनिहरूले आफुहरू मालिकको विरूद्ध नभएको तर आफुहरूलाई नयाँ प्रबन्धक चाहिएको बताएका हुन्।
यद्यपि बगानका मालिकले फ्याक्ट्री इन्चार्जलाई सिलगढी बोलाएर उनको कामदेखि सन्तुष्ट नभएको र प्रबन्धकको विरूद्धमा आवाज उठाएको भन्दै उनलाई कामबाट हटाएका छन्।
हेप्पी चिया बगानका बंसल चिया समूह मातहत संचालनमा छ। उनका लगभग 13 बगानहरू संचालनमा छन्।









































