नयाँदिल्ली, १३ फरवरी, २०२०
कुवेतको एक अल-मुत्ला क्षेत्रको निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् ।
कुवेतको अल-मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपाली को-को हुन् भन्नेबारे भने खुलाइएको छैन ।
ढिस्कोमा पुरिएर घाइते ३ को उपचार भइरहेको छ । समाचार अनुसार, घाइतेको पहिचान हुन बाँकी छ ।
ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् ।
प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।









































