HomeFeatureचालु आर्थिक वर्षको पहिलो ६ महिनामा २२ युनिटले बढ्यो प्रतिव्यक्ति विद्युत् खपत

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २२ युनिटले बढ्यो प्रतिव्यक्ति विद्युत् खपत

काठमाडौं, १३ फरवरी, २०२०
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रतिव्यक्ति विद्युत् खपत २२ किलोवाट प्रतिघण्टाले बढेको छ । असारसम्म २ सय ४५ किलोवाट प्रतिघण्टा (युनिट) रहेको प्रतिव्यक्ति विद्युत् खपत २ सय ६७ किलोवाट घण्टा (युनिट) पुगेको सरकारले जनाएको छ ।

सरकारले यो वर्ष प्रतिव्यक्ति विद्युत् खपत दर ४२ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६र७७ मा कुल १८१ किलोवाट घण्टा (युनिट) बिजुली खपत बढाउने लक्ष्य राखिएको हो ।
यो अवधिमा आन्तरिक विद्युत् जडित क्षमता १ हजार २ सय २० मेगावाटबाट १ हजार ३ सय ४३ मेगावाट पुगेको छ । सरकारको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आव ०७५ र ७६ मा खपत दर ६८ किलोवाट प्रतिघण्टाका दरले बढेको थियो । अघिल्लो वर्ष १ सय ७७ किलोवाट घण्टा मात्र थियो । सरकारले त्यसलाई आगामी साउनसम्म ४२६ किलोवाट घण्टा र्पुयाउने महत्त्वकांक्षी लक्ष्य लिएको छ ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा अबको ५ वर्षमा विद्युत् खपत दर ७ सय किलोवाट घण्टा र्पुयाउने लक्ष्य राखेको छ । यसैलाई ध्यानमा राखेर ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिरकणले देशभित्रै अधिकतम उपयोगको वातावरण तयार गर्ने सोच बनाएको छ ।

निर्माणाधीन आयोजनाहरू फटाफट सम्पन्न गर्ने तथा विद्युतका ग्राहक र उनीहरूले गर्ने उपयोगदर विस्तार गर्ने सरकारको योजना छ ।

सरकारले यो वर्षबाट बिजुलीको आपूर्तिलाई विश्वसनीय बनाउने र विद्युतीय सवारी प्रवद्र्धन गर्नेलगायतका काममा जोड दिन खोजेको छ । खाना पकाउनेलगायतका घरायसी काममा पनि बिजुलीको उपयोग बढाउने पक्षमा सरकार छ । यसका लागि प्रोत्साहन गर्ने किसिमका योजनाहरू ल्याउने तयारी छ ।

देशभरको सबस्टेशनको जडित क्षमता ३ हजार ९ सय ३५ एमभीए (मेगावाट बराबर) बाट ४ हजार १ सय ५६ एमभीए (मेगावाट बराबर) पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...