काठमाडौँ, १३ फरवरी, २०२०
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा भएको छापावाल सुनको मूल्य तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ८७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको छ ।









































