HomeFeatureविवाहअघि अभिनेत्री प्रियंका र अभिनेता आयुष्मानले किने नयाँ घर

विवाहअघि अभिनेत्री प्रियंका र अभिनेता आयुष्मानले किने नयाँ घर

काठमाडौं,१३ फरवरी, २०२०
अभिनेत्री प्रियंका कार्कीले पछिल्लो समयमा कुनै पनि फिल्म अभिनय गरेकी छैनन् । यही फागुन १७ गते विवाह तयारीमा रहेकी उनले सोही कारणले फिल्मबाट केही समयका विश्राम लिएकी हुन् । उनको विवाह मिति फागुन १५ गते नै पनि हुनसक्ने अहिले नजिकका आफन्तले सार्वजनिक गरेका छन् । जसका लागि उनी अहिले ज्योतिष समेत देखाउँदै छिन् ।

तर, प्रियंकाले भने विवाहको आधिकारिक मिति १५ वा १७ केही खुलाएकी छैनन् । ‘भ्यालेनटाइन डे’मा उक्त मिति पनि सार्वजनिक गर्ने उनको योजना रहेको बुझिएको छ । गत महिना आफ्ना केही नजिकका साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी प्रियंका अहिले भने विवाहको तयारीमा पूरै जुटेकी छिन् । जसको कारण उनी सार्वजनिक कार्यक्रममा पुग्दिनन् । पुगिन् भने पनि ढिलो जाने र छिटो हिँड्ने गर्दछिन् ।

बुधवार फिल्म ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पनि उनी करिब अत्यतिर देखिएकी थिइन् । उनले आफूलाई विवाहको तयारीले भ्याइनभ्याइ भएका कारण आउन ढिलो भएको मिडियालाई स्पष्ट पारिन् । कार्यक्रममा उनी आमा र परिवारका केही सदस्यका साथ पुगेकी थिइन् । सोही अवसरमा उनले हालै आयुष्मानसँग मिलेर नयाँ घर किनेको समेत जानकारी दिइन् ।

‘म र आयुष्मानले मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपमा अहिले व्यस्त छु’ प्रियंकाले भनिन् ‘घर सेटअप के हो भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत हुनुहुन्छ ।’ विवाह पछि प्रियंका आयुष्मानका साथ नयाँ घरमा सेटअप हुनेछिन् । घर कुन स्थानमा र कस्तो किनेको बारे उनले बताउन चाहिनन् । कार्यक्रममा प्रियंकाले विवाहका लागि पूरै समय दिन नयाँ फिल्मका अफरहरु समेत आफूले रिजेक्ट गर्ने गरेको गरेको जानकारी दिइन् । उनले अगाडि भनिन् ‘विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आवद्ध हुन्नँ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...