HomeFeatureजुम्लामा च्याउ खेतीबाट आत्मनिर्भर

जुम्लामा च्याउ खेतीबाट आत्मनिर्भर

जुम्ला, १४ फरवरी, २०२०
जुम्लामा कृषि उत्पादनका सम्भावना प्रयाप्त छन् । खेताली र लेकाली बाली उत्पादनमा उतिकै सम्भावना भएको जुम्लाका उर्जाशील जनशक्ति नहुँदा सबै जग्गा बाँझो हुने गरेको छ ।
यहाँका पाखामा बायाँ हातले बिउ छर्दा दायाँ हातले ओर्साने गरी बाली लाग्छ । अधिकांश रोजगारीका लागि स्वदलेश तथा विदेशका विभिन्न स्थानमा गएपछि जुम्लाका अधिंकाश गाउँमा यतिबेला महिला मात्रै छन् । हलो जोत्न महिलालाई स्वभावैले दिँदैन, तर पनि यहाँका अधिंकाश ग्रामीण महिला व्यावसायिक च्याउ खेती गरेर जिविकोपार्जन गर्दै आएका छन् ।
जुम्लाका आठै स्थानीय तहका आर्थिक अवस्था कमजोर भएका स्थानीय भएपनि च्याउ खेती गरेर आत्मनिर्भर भएका महिलाहरु धेरै छन् । ती मध्ये तिला गाउँपालिका १ राँरागाउँकी माने रावत पनि एक हुन् । उनले व्यावसायिक च्याउ खेती गरेरै वार्षिक २ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएकी छिन् । सुरुमा ८० हजार लगानी गरेर दुई वटा टनेलबाट च्याउ खेती सुरु गरेकी रावत अहिले गाउँपालिकाकै नमूना किसान बनेकी छिन् । उनलाई घरायसी कामभन्दा च्याउ खेती गर्न सजिलो लाग्छ ।

“मासिक रुपमा ५० केजी च्याउ बिक्री हुन्छ” उनले भनिन्, “वर्षमा २ लाख बढी कमाउँदै घरपरिपार चलाउँदै आएकी छु ।”
तिला गाउँपालिका १ रारा गाउँका सात जना महिला व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् । यतिबेला जुम्लाका आठै स्थानीय तहमा महिलाहरु च्याउ खेतीमा भविष्य खोज्दै मेहनत गरिरहेका छन् । विशेषगरी तिला, गुठिचौर, कनकासुन्दरीमा महिलाहरु व्यावसायिक रुपमा च्याउ खेती गरिहेको कृषि विकास कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले परम्परागत रुपमा गरिँदै आएको खेतीबाट गुजारा नचल्ने भएपछि यहाँका महिला च्याउ खेतीमा आर्क्षित भएको बताए । यता तिला गाउँपालिका–१ का वडाध्यक्ष प्ररबहादर रावतले च्याउ खेतीमा महिलाको आर्कषण देखेपछि अनुदानको व्यवस्था गरिएको बताए ।
स्थानीय सरकारले लगानी गरेर भएपनि महिला युवाहरुलाई व्यावसायिक कृषिमा लगाउन आवश्यक रहेको वडाध्यक्ष रावतको भनाइ छ । यता तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले कृषिको व्यावसायिक योजना बनाउने पहिलो गाउँपालिका तिला दाबी गर्दै, महिला उद्यमीलाई आवश्यक लगानी गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...