काठमाडौँ,१४ फरवरी, २०२०
कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।
आन्द्राको क्यान्सरबाट एक वर्षदेखि पीडित उपाध्यायको बिहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको हो ।
५० वर्षीय उपाध्यायको श्रीमती ३ छोरा र २ छोरी छन्। उपाध्यायको शुक्रबार नै अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।
उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वा्चित भएका थिए ।









































