HomeFeatureबाजुरामा फैलिएको रुघाखोकी ‘इन्फुल्जा भाइरस’ रहेको पुष्टि

बाजुरामा फैलिएको रुघाखोकी ‘इन्फुल्जा भाइरस’ रहेको पुष्टि

बाजुरा,१४ फरवरी, २०२०
जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको सङ्क्रमण इन्फुल्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

सङ्क्रमण हप्ता दिनसम्म हिमालीको बोल्डिक र स्वामिकात्तिकको जोरुपमा व्यापकरुपमा फैलिएको थियो । जुन सङ्क्रमणले करीब एक हजार २०० बढी बिरामी परेका थिए भने स्वास्थ्यकर्मीले एक हप्तामा एक हजार १७० को उपचार गरेको थियो । सङ्क्रमणकै कारण दुईको ज्यानसमेत गएको थियो ।

परीक्षण गरिएका चारमध्ये दुई जनालाई इन्फुल्जा ए भाइरस देखापरेको र एकलाई इन्फुल्जा बी भाइरस पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । यो भाइरलले मानिसको शरीरमा एक्कासी आक्रमण गर्ने गरेको छ । यही भाइरसले सन् २००९ मा विश्वमा नै महामारीको रुप लिएको थियो ।

सङ्क्रमणले महामारीको रुप लिएपछि गाउँपालिकाभित्रका गाउँ–गाउँमा पुगेर चिकित्सकसहितको टोलीले उपचार गरेको र हाल पूर्णरुपमा नियन्त्रणमा आइसकेको हिमालीका स्वास्थ्य संयोजक राज भण्डारीले जानकारी दिनुभयो । ल्याब परीक्षण प्रतिवेदनपछि अर्कोपटक देखापरे उपचारमा सजिलो हुने र स्थानीयवासीलाई पनि समयमै सचेत गराउन सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...