काठमाण्डौँ, 14 फरवरी 2020
संघीय संसदको प्रतिनिधिसभाले राष्ट्रियसभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकले वर्तमान राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा गहिरो शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको हो। उपाध्याय २०७४ सालको निर्वाचनमा प्रदेश ५ बाट नेपाली काँग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। क्यान्सर रोगबाट पीडीत उहाँको उपचारको क्रममा शुक्रबार निधन भएको थियो। बैठकले उपाध्यायको निधनमा शोक व्यक्त गदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मौनधारण पनि गरेको छ।
यसैबीच, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने पुर्व निर्धारित कार्यक्रम पनि स्थगित भएको राष्ट्रियसभा सदस्य उपाध्यायको निधनका कारण स्थगित भएको छ। शुक्रबार स्थगित प्रधानमन्त्रीको सम्बोधन भोली शनिबार हुने भएको छ।
प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजेका लागि बोलाईएको छ।









































