HomeFeatureजापानमा सुतेको पनि तलब दिने अनौठो कम्पनी !

जापानमा सुतेको पनि तलब दिने अनौठो कम्पनी !

काठमाडौं, १४ फरवरी, २०२०

जापानको क्रेजी इंक नामको एक कम्पनीले आफ्ना सबै कर्मचारीलाई कार्यालयमै सुत्न अनुमति दिन्छ । साथै उसले सुतेको पनि पैसा दिन्छ ।

कुनै संस्था वा कार्यालयले आफ्ना कर्मचारीलाई काम गरेको तलब दिन्छन् ।
तर, संसारमा कर्मचारीलाई सुतेको पनि तलब दिइन्छ भन्ने खबरले तपाईलाई अचम्मित बनाउला ।

जापानको क्रेजी इंक कम्पनीले आफ्ना कर्मचारीलाई नम्बर दिएको हुन्छ । सोही नम्बरअनुसार जो कोही कर्मचारी हप्तामा ५ दिन हरेक रात कम्तीमा ६ घण्टाका दरले सुत्न पाउँछन् ।

सुतेबापत एक कर्मचारीले एक वर्षमा तलब बाहेक ६४ हजार येन पाउने गरेका छन् । अझ रोचक कुरा त के छ भने, कम्पनीले आफ्ना कर्मचारी मज्जाले निद्रा पुगुन्जेल सुतुन् भनेर चेकजाँचसमेत गर्ने गरेको छ ।

कुनै कर्मचारीले पर्याप्त नसुती पर्याप्त सुतेको भनेर ढाँट्न नपाउन् भनेर कम्पनीले एयरवेय नामक एप बनाएर कर्मचारी सुते–नसुतेको अनुगमनसमेत गर्ने गर्छ ।

जापानमा धेरैजसो मानिस धेरैभन्दा धेरै काम गर्छन् । उनीहरू निकै कम समय मात्रै आराम गर्छन् । त्यसकै कारण उनीहरूको स्वास्थ्यमा समस्या नदेखियोस् भनेर उनीहरुले यस्तो नियम राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...