काठमाण्डौँ, 14 फरवरी 2020
नेपाल भ्रमण वर्षको अवसर पारेर तीन दिने खोकना पर्यटन महोत्वस आयोजना हुने भएको छ। ललितपुर महानगरपालिका र वडा नम्बर २१ को आर्थिक सहयोगमा फागुन ९ गतेदेखि ११ गतेसम्म महोत्वसव आयोजना हुने भएको हो। महोत्सवमा खोकनाको प्राचिन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना खाजाका परिकारहरु मुख्य आकर्षणका रुपमा रहनेछन्। त्यसैगरी स्थानीय जीवनशैली, रहनसहन र भेषभुषाका अतिरिक्त स्थानीय शीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने महोत्सव मूल आयोजक समिति संयोजक रविन्द्र महर्जनले बताउनुभयो। स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न भ्रमण वर्षको अवशर गरेर महोत्व आयोजना गरिएको संयोजक महर्जनले बताउनुभयो।
उपत्यकाको शहरबाट नजिकै रहेको खोकना गाउँलाई महत्वपूर्ण ग्रामिण पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरी पर्यटनको दिगो विकासका साथै नेपालको पर्यटन प्रवद्र्धनका लागि महोत्सवले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ।









































