नयाँ दिल्ली, 15 फरवरी 2020
भारत र पर्चुगलले रक्षा, लगानी, परिवहन, बन्दरगाह, संस्कृति, उद्योग तथा योगलगायत विभिन्न क्षेत्रहरूमा सहयोग बढाउन 14 सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र पर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डीसूजा बीच हिजो नयाँ दिल्लीमा भएको कुराकानीपश्चात् यी सम्झौताहरूमा हस्ताक्षर गरिएको हो। विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले दुवै नेताहरू बीच भारत-पर्चुगल सहयोगका विभिन्न पक्षहरूमा विस्तृत कुराकानी भएको हो। पर्चुगलका राष्ट्रपति डीसूजा 4 दिने भ्रमणका क्रममा भारतमा हुनुहुन्छ। यो उहाँको पहिलो भारत भ्रमण हो।
राष्ट्रपति रामनाथ कोविन्द हिजो साँझ पर्चुगलका राष्ट्रपतिसँग भेटघाट गर्नुभएको थियो र उहाँको सम्मानमा रात्रीभोज पनि दिनुभएको थियो। राष्ट्रपति कोविन्दले भारत र पर्चुगल बीच आर्थिक सम्बन्ध अगाडि बढिरहेको र दुवै देशहरू बीच द्विपक्षीय व्यापारले एक अर्ब डलरको सीमा पार गरेको बताउनुभयो।









































