अस्ट्रेलिया, १५ फरवरी, २०२०
अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकीनेपाली युवतीमाथि छुरा प्रहार भएको छ ।
स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको थियो।
प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो। उनलाई सात टाका लगाइएको र खतरामुक्त अवस्था भएपछि अस्पतालले शनिबार बिहान घर पठाएको छ ।
घाइते युवती खतरामुक्त रहे पनि मानसिक रूपमा निकै समस्यामा परेकी उनकी एक सहपाठीले जानकारी दिइन्।घटनापश्चात घाइते युवतीको साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।
ती युवतीको घर पुग्न बसबाट झरेर १५ मिनेट हिँड्नु पर्छ। सोही क्रममा घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छुरा प्रहार गरेको युवतीको भनाइलाई उदृत गर्दै उनकी साथीले भनिन्। उनी डेढ वर्ष अघि अस्ट्रेलिया आएकी थिइन् ।









































