HomeFeatureसुपर सिक्स कर्पोरेट क्रीकेट कप २०२०-को उपाधि एनआइसी एसिया बैंकलाई

सुपर सिक्स कर्पोरेट क्रीकेट कप २०२०-को उपाधि एनआइसी एसिया बैंकलाई

कंचनपुर, 15 फरवरी 2020

महेन्द्रनगरको कबर्डहलमा आज भएको फाइनल खेलमा ३ विकेटको जित निकाल्दै एनआइसी एसिया बैंकले सुपर सिक्स कर्पोरेट क्रीकेट कप २०२० को उपाधी हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नबिल बैंक ५.४ ओभरमा अल आउट हुँदै ५१ रन मात्र बनाउन सफल भएको थियो । नबिल बैंकको लागि गणेश धामीले १३ बलको सामना गर्दै २२ रन बनाएका थिए  भने अभिशेक घिमिरेले ७ बलमा १२ रनको योगदान गरेका थिए । एन आइसी एसिया बैंकका हरिश चन्द , हरिश गिरि र महेश शाहीले समान १-१ विकेट हात पारेका थिए ।

५२ रनको विजयी लक्ष पाएको एनआइसी एसिया बैंकले २ विकेट गुमाउदै ४.३ ओभरमा लक्ष्य पूरा गरेको हो । एनआइसी एसिया बैंकका लागि महेश शाहीले १८ बलमा अविजित ४० रन योगदान गर्दै आफ्नो टिमलाई जित दिलाए। नबिल बैंकका अभिशेक घिमिरेले २ विकेट लिएका थिए। फाइनल खेलका म्यान अफ द म्याच महेश शाही घोषित भएका थिए ।

समापन समारोहमा सभापति निर्मल पाठक, प्रमुख अतिथी कंचनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्द, विशिस्ट अतिथी कंचनपुर डेभलपमेन्ट बैंकका सिइओ बिरुराम जैसी र खप्तड इन्डोर स्पोर्ट्स एण्ड एकेडेमीका उद्दब राज जोशीको उपस्थिती रहेको थियो । प्रतियोगिताको विजेता बन्दै एनआइसी एसिया बैंकले नगद ७० हजारसहित ट्रफी प्रमाणपत्र मेडल र द्दितिय नबिल बैंकले नगत ३५ हजारसहित ट्रफी प्रमाणपत्र मेडल प्राप्त गरेको थियो।

प्रतियोगिताको सिरिज नबिल बैंकका अभुशेक घिमिरे , बेस्ट ब्याट्सम्यान नबिल बैंकका गणेश धामी र बेस्ट बलर एनआइसी एसिया बैंकका हरिश गिरि घोषित भएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...