HomeFeatureबैतडी समाज कैलालीद्वारा धनगढीमा रक्तदान कार्यक्रमको आयोजना

बैतडी समाज कैलालीद्वारा धनगढीमा रक्तदान कार्यक्रमको आयोजना

कैलाली, 15 फरवरी 2020/ हिम शाह

बैतडी समाज कैलालीले आज धनगढीमा रक्तदान कार्यक्रम गरेको छ। वार्षिक कार्यतालिका अनुसार बैतडी समाजले धनगढीको जलसा होटल अगाडी रक्तदान कार्यक्रम आयोजना गरेको हो। रक्तदान जिवन दान भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा एक सय ३७ जनाले रगत दान गरेका छन्।

रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले एक सय ३७ जनाले रगत दान गरेको जानकारी दिए। उनीहरुबाट एक–एक पिन्टका दरले एक सय ३५ पिन्ट रगत संकलन भएको छ। बैतडी समाजले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ।

बैतडी पुख्यौली घर भई कैलालीमा बस्दै आएकाहरुले संगठीत भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न खालका सामाजिक कार्य गर्दै आएको छ। समाजले बैतडीमा हरेक वर्ष बृहत स्वास्थ्य शिविर, आवश्यकता अनुसार रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यसैबिच बैतडी पुख्यौली घर भई धनगढी बस्दै आएका चार जना सहोदर दाजुभाईले पनि एकै पटक रक्तदान गरेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ वनकाँडाका चारजना दाजुभाईले संगै रक्तदान गरेका हुन्।

रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले लोकराज भट्ट, भोजराज भट्ट, हेमराज भट्ट र हरिश प्रसाद भट्टले संगै रक्तादन गरेको बताए। उनीहरुले गत वर्ष पनि एकै पटक रक्तदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...