HomeFeatureबेटी पढाऊ, बेटी बचाऊ अभियान : १४ हजार छात्रालाई साइकल वितरण

बेटी पढाऊ, बेटी बचाऊ अभियान : १४ हजार छात्रालाई साइकल वितरण

धनुषा, १७ फरवरी, २०२०
महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यले सञ्चालित प्रदेश नं २ को सरकारद्वारा ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ ।

प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । सो अभियानअन्तर्गत हालसम्म माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ हजार छात्रालाई साइकल वितरण र करिब १५ हजारलाई वितरण गर्न प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

साइकल वितरण कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाका २९ विद्यालयका एक हजार ५३५ , सिरहा जिल्लाका २५ विद्यालयका एक हजार ६१६ , धनुषा जिल्लाका ३२ विद्यालयका एक हजार ७८५ र महोत्तरी जिल्लाका ३१ विद्यालयका एक हजार ८७० छात्रालाई साइकल वितरण गरिएको छ ।

त्यस्तै सर्लाही जिल्लाका ४२ विद्यालयका दुई हजार ४५७, रौतहट जिल्लाका २८ विद्यालयका एक हजार ४०८, बारा जिल्लाका २६ विद्यालयका एक हजार ६७५ र पर्सा जिल्लाका २७ विद्यालयका एक हजार ६५४ छात्रालाई साइकल वितरण गरिएको छ ।

‘छोरी जन्मनुलाई सराप होइन वरदान’का रूपमा लिनुपर्छ भन्ने भावना वृद्धि गरी जीवन सुरक्षित गर्ने उद्देश्यले सरकारले छोरी बीमाको रकमलाई वृद्धि गरी तीनलाख पु(याएको छ । सो अभियानप्रति विभिन्न पालिका उत्साहित भई सरकारद्वारा दिइएको रकममा थप गरी छ लाख पु¥याउने लहर आएको जनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार सप्तरी जिल्लाका ६४७, सिरहा जिल्लाका ३६२, धनुषा जिल्लाका ७८१, महोत्तरी जिल्लाका ७२६, सर्लाही जिल्लाका ३०५, रौतहट ७६०, बारा जिल्लाका ४४१ र पर्सा जिल्लाका ३५१ बीमित बालिकाको खातामा रकम जम्मा भइसकको छ ।

सोही कार्यक्रमअन्तर्गत २०७६ साउनदेखि कात्तिकसम्म दर्ता भएका तीन हजार बालिकाको खातामा रकम पठाउने अन्तिम तयारीमा रहेको छ । त्यस्तै सो कार्यक्रम सन्दर्भमा चालु आवको माघ २ देखि माघ २९ गतेसम्म सञ्चालित शिविरमा २० हजार २५ छोरीको बीमाका लागि निवेदन दर्ता भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...