HomeFeatureअब गोलीगठ्ठा नेपाली सेनाले नेपालमै उत्पादन गर्ने

अब गोलीगठ्ठा नेपाली सेनाले नेपालमै उत्पादन गर्ने

काठमाडौं, १७ फरवरी, २०२०
नेपाली सेनाले नेपालमै गोली उत्पादन गर्न ‘एम्यूनिसन प्लान्ट’ खरिद गर्दै छ ।
सेनाले १० हजार बुलेट नमुना परीक्षण गर्न दक्षिण कोरिया पठाउने भएको छ । उपयुक्त मेसिन अर्डरका लागि बुलेटको नमुना पठाउन लागेको हो । ५ दशमलव ५६ मिलिमिटर क्यालिबरको बुलेट ज्याकेट कप परीक्षण गर्न कोरियामा पठाउन लागिएको हो ।

२०७३ साउन ७ मा मन्त्रिपरिषद्ले नयाँ एम्युनिसन उत्पादन प्लान्ट, डेटोनेटर प्लान्टलगायत स्थानान्तरण र स्थापना गर्न १४ अर्ब ७५ करोड रुपैयाँको सहमति दिएको थियो। गत वर्ष मंसिरमा अर्थ मन्त्रालयले सेनालाई ७.६२ एमएमको एम्यूनिसन प्लान्ट स्थापना गर्न दुई अर्ब ४५ करोड रुपैयाँ निकासा दिएको थियो ।

सेनाले १० हजार गोलीगठ्ठाको परीक्षण सफल देखिएमा स्वदेशमै गोलीगठ्ठाको उत्पाद नहुने बताएको छ। उक्त गोलीगठ्ठा परीक्षणपछि सोही आधारमा मेसिन आपूर्ति हुनेछ ।

यो प्लान्ट सेनाले कोरियाली कम्पनी पुङसान कर्पोरेसनमार्फत खरिद गर्न लागेको हो । सन् २०१८ को जुन ३ मा भएको सम्झौताअनुसार गोलीको नमुना परीक्षणको खर्च उत्पादक कम्पनी आफैले बेहोर्नेछ । गत जनवरी २३ मा कम्पनीले परीक्षणको खर्च आफैले बेहोर्ने जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...