तुलसीपुर,१७ फरवरी, २०२०
तुलसीपुरमा बलात्कारपछि फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवसी शमिर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए ।
वलीबिरुद्ध किशोरीलाई जबरजस्तीकरणी गरेको भन्दै मुद्दा दायर भएको थियो । मुद्धा दायर भए लगत्तै उनी भागेका थिए ।
वलीले १७ वर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करीब एक महिना आफूसंगै राखेर यौन शोषण गरेका थिए ।
वलीले १७ वर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करीब एक महिना आफूसंगै राखेर यौन शोषण गरेको आरोप लागेको छ ।
उजुरी गर्नेहरूले वलीले किशोरीलाई एक महिनापछि कुटेर घरवाट निकालेको जाहेरी दिएका छन् ।









































