काठमाडौँ १७ फरवरी, २०२०
निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छन् । उनले सोमबार दिउँसो तीनबजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।
समाजवादी पार्टीले सरकार छाडेपछि खाली रहेको उक्त मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।
तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिँदा आफू कुनै नयाँ जिम्मेवारीमा रहने र त्यसको खुलासा पछि गर्ने पत्रकार सम्मेलनमा बताएकी थिइन् ।









































