काठमाडौं, १७ फरवरी, २०२०
सुनको मूल्य स्थिर रहेको छ । सुन तोलामा अहिलेसम्मकै उच्च मूूल्य ७६ हजार पाँच सय रहेको छ । छापावाल सुन सोमबार पनि साढे ७६ हजार तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन पनि आइतबारकै मूल्यमा किनबेच भइरहेको छ । तेजाबी सुन तोलाको ७६ हजार दुई सय रुपैयाँ छ । सोमबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदी ८९० रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।









































