काठमाडौं, १७ फरवरी, २०२०
नेपाल विद्युत प्राधिकरणले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्ने भएको छ । उक्त कार्यक्रमको प्रधामन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्ने भएका छन् । पहिलो चरणमा आजदेखि आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार जमिनभित्र (अन्डरग्राउन्ड) गर्ने भएको हो । विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देख्नुपर्ने छैन। काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो ।
प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिएपछि यो कामको शुरु गर्न लागेको हो । अन्डरग्राउन्डको काम आजै बाट शुरु हुने विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए। अत्याधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर बिजुली तार जमिनमुनी राखिने भएको छ।









































