काठमाण्डौ, 17 फरवरी 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभएको छ। संञ्चारमाध्यमको भूमिका, संञ्चारमाध्यममा आएका समाचार प्रति सधै असन्तुष्टी जनाउदै आउनुभएका प्रधानमन्त्री ओलीले सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा पनि संञ्चारमाध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गर्न विर्सनु भएन। काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही संचार माध्यमले फेरी पनि बासुरी नै बजाएको समाचार दिने बताउनुभयो। आफुले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि गर्नुभयो।
उहाँले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताउनुभयो। सरकार देश विकासमा अघि बढीरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उहाँले गर्नुभयो। आफुले तुईन विस्तापित गर्छु भन्दै प्रगती पेस गर्दै गर्दा संचारमाध्यमले दार्चुला पुगेर भएपनि तुईनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उहाँले गर्नुभयो।
उहाँले सरकारको विकास निर्माण र शुसासनका काम देखेर खुसी हुनुपर्नेमा पिर किन परेको? भनी प्रश्न गर्नुभयो।
उहाँले काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातीमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री ओलीले दिनहुँ मुलुक नया प्रविधिको प्रयोग मार्फत विकास र सेवाका लागि सर्मपित हुदै गएको भन्दै आईतबार आफुले झापामा गरेको पुल, बाटोको उद्घाटन तथा सिलन्यासको फेयरिस्त पनि प्रस्तुत गर्नुभएको थियो।









































