HomeFeatureअब विदेश जाने नेपालीले भारतीय विमानस्थल प्रयोग गर्न नपाउने

अब विदेश जाने नेपालीले भारतीय विमानस्थल प्रयोग गर्न नपाउने

काठमाडौं, १७ फरवरी, २०२०
अब विदेश जाने नेपालीले भारतीय विमानस्थल प्रयोग गर्न नपाउने भएका छन् । नेपालबाट स्थलमार्ग हुँदै भारत गएर त्यहाँको विमानस्थलबाट तेस्रो मुलुक उड्ने नेपालीहरुले अब भारतीय विमानस्थलबाट उडान अनुमति नपाउने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासले नेपालको स्थलमार्ग भएर भारतीय विमानस्थलमार्फत् विदेश जाने नेपालीलाई विमानस्थलमै रोक लगाइने भएका कारण नेपालकै विमानस्थल प्रयोग गर्न सुझाव समेत दिएको छ ।
भारतीय अध्यागमनले नेपालबाट स्थलमार्ग हुँदै भारतको विमानस्थलबाट विदेश जाने नेपालीलाई रोक लगाउने निर्णय गरेको दूतावासद्वारा जारी सूचनामा जनाइएको छ ।
भारत हुँदै तेस्रो मुलुक जानका लागि अब अनिवार्य रुपमा पासपोर्टमा नेपालको अध्यागमन विभागले छाप लगाएको हुनुपर्नेछ । तर, स्थलमार्गबाट भारत गएका नेपालीलाई पासपोर्टमा छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेको भन्दै दूतावासले नेपाली विमानस्थलमार्फत नै गन्तव्य मुलुकमा जान सुझाव दिएको छ ।

नेपालको अध्यागमन विभागको छाप भएको राहदानी नभइ भारतीय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान नपाउने व्यवस्था रहेको भन्दै समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलकै प्रयोग गर्न दूतावासले अनुरोध गरेको छ ।

भारतीय अध्यागमन पार गर्दै तेस्रो मुलुक जाने नेपालीहरूले राजदूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने कारणसहित निवेदन दिनु पर्दथ्यो । एनओसीको लागि यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा, हवाई टिकटको प्रतिलिपि र रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दूतावासमा बुझाउनु पर्दथ्यो ।
नेपाली नागरिकले साउदी अरेबिया, कतार, कुवेत, युएई, इराक, लिबिया, लेबनान, ओमन र बहराइन जाँदा भारतीय अध्यागमनमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको एनओसी बुझाउनु पर्दथ्यो ।

यसरी एनओसी प्राप्त गरेपछि नेपालीले भारतका जुनसुकै विमानस्थल प्रयोग गर्न पाउँथे । तर, अहिले ल्याइएको नयाँ नियमअनुसार भारतीय अध्यागमन पार गर्नलाई अनिवार्य रुपमा काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागको छाप चाहिने भएको छ ।

नेपालीले भारतीय विमानस्थल प्रयोग गर्नुको प्रमुख कारण सस्तो हवाइ शुल्क हो । नेपालका विमानस्थल भन्दा भारतीय विमानस्थल प्रयोग गर्दा नेपालीलाई धेरै सस्तो पर्दछ । कतिपय नेपाली विदेशबाट आवतजावत गर्दा भारतीय विमानस्थल नै प्रयोग गर्छन् । भारतसम्म जहाजको प्रयोग गरेर त्यहाँबाट नेपाल आउनजान स्थलमार्गको प्रयोग गर्छन् । अब यिनीहरुलाई यसको असर पर्नेछ । त्यसका अलावा दलालहरुले नेपालीलाई विदेश पठाउन पनि भारतीय विमानस्थलको प्रयोग गर्छन् ।

उनीहरुलाई अवैध रुपमा विदेश पठाउन नेपालको विमानस्थलमा सेटिङ गर्न भन्दा भारतको विमानस्थलमा सेटिङ मिलाउन सहज हुन्छ । त्यसैले दलालहरुले भारतीय विमानस्थल प्रयोग गर्न रुचाउँछन् । नयाँ नियमले दलालहरुले गर्ने मानव तस्करी रोकथामको लागि फाइदा पुग्ने देखिए पनि सस्तोको लागि भारतीय विमानस्थल प्रयोग गर्न चाहने नेपालीहरु भने प्रभावित हुनेछन् ।

यसबाहेक अहिले भारतमै कार्यरत रहेका र त्यहीँबाट तेस्रो मुलुक जान चाहने नेपाली भारतबाटै उड्न पाउने छैनन् । भारतबाट घुम्नका लागि तेस्रो मुलुक जान पनि पाइने छैन । जान चाहने नेपाली भारतबाट नेपाल आइ नेपालको विमानस्थलबाट उड्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...