काठमाण्डौ, 17 फरवरी 2020
पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ। संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका महराले सोमबार सफाइ पाउनुभएको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो। बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजिनामा दिनुभएको थियो।
सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते साँझ बलात्कार प्रयास गरेको आरोप लागेको थियो। असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो। प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो।









































