HomeFeatureकाठमाण्डौँ-तराई-मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन सेनालाई विकास समितिको निर्देशन

काठमाण्डौँ-तराई-मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन सेनालाई विकास समितिको निर्देशन

काठमाण्डौँ, 17 फरवरी 2020

प्रतिनिधिसभाको विकास तथा प्रविधिसमितिले काठमाण्डौँ-तराई-मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ। सोमबार समितिमा भएको छलफलपछि टेण्डर प्रकृयामा पारदर्शीता अपनाउदै आयोजना तोकिएको समयमै सम्पन्न गर्न द्रुत गतिमा काम अगाडी बढाउन समितिले निर्देशन दिएको हो। समिति सभापति कल्याणी कुमारी खड्काले मुआब्जा वितरण लगायत आयोजनामा देखिएको अन्य समस्याहरुका चाँडो समाधान गर्न पनि निर्देशन भएको बताउनुभयो। समितिले आयोजनाको स्थलगत भ्रमण गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय गौरबको आयोजना मध्येको एक तराई मधेश द्रतमार्गको निर्माण कार्य २०८१ असार मसान्तभित्र सक्ने लक्ष्यका साथ निर्माणाधिन आयोजनालाई सम्पन्न गर्न बनाइएको विस्तृत कार्ययोजना समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको उहाँले बताउनुभयो।

राष्ट्रिय गौरबको आयोजनामध्येको एक काठमाण्डौँ-तराई-मधेश द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले तोकिएको समभित्रै निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाएको छ। सोमबार समितिमा अहिलेसम्म भएको कार्यप्रगतिको विषयमा सेनाले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...