HomeFeatureकञ्चनजङ्गा वाटर फल्स मेगा प्रोजेक्टको काम 7 वर्ष बितिसक्दा पनि पूरा हुन...

कञ्चनजङ्गा वाटर फल्स मेगा प्रोजेक्टको काम 7 वर्ष बितिसक्दा पनि पूरा हुन सकेन, कार्य प्रगति शुन्य

सिक्किम, 17 फरवरी 2020/ के.एन. शर्मा

पश्चिम सिक्किमको योक्सम टासीडिङ समष्टि अन्तर्गत कंचनजंगा वाटर फल्सको मेगा प्रोजेक्ट 7 वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। वाटर फल्सको मेघ प्रोजेक्ट 7 वर्ष बितिसक्दा अधुरै रहेपछि व्यापक रूपमा जनगुनासो बढ्न थालेको छ। जानकारीका अनुसार वर्ष 2013/14 मा पर्यटन विभागले टेन्डर आह्वान गरि ठेकादारलाई प्रोजेक्ट निर्माणको काम सुम्पेको थियो। 7 वर्ष अघिको परियोजनालाई निरन्तरता नदिइनु विभाग र ठेकादार दुवै पक्षको चरम लापरवाही रहेको स्थानीयहरूको गुनासो रहेको छ। परियोजनालाई निगरानी गर्दै ग्राम पञ्चायत तर्फबाट बारम्बार विभाग र ठेकादारलाई समेतलाई अवगत गराइए पनि हालसम्म परियोजना निर्माण कार्यले निरन्तरता नपाएको स्थानीयहरुले बताएका छन्। 7 वर्षअघि सुरू गरिएको यस पुर्वधार विकासको  कार्यको लागि विभागबाट रकम विनियोजन नभएको ठेकादरको गुनासो रहेको स्थानीयहरू बताउछन्।

त्यसबेला मुख्यमन्त्रीले  42 दिने सिक्किम भ्रमणको क्रममा यस स्थानमा आएर वाटर फल्सको मेघ प्रोजेक्टका अतिरिक्त अन्य  12 पुर्वधार परियोजनाहरूको पनि शिलान्यास गर्नुभएको 6 वर्षपछि मात्र निर्माण कार्यले गति लिएपनि बिचमा आएर परियोजनाको कार्य प्रगतिका बारेमा सोधखोज गर्दा ठेकादारले जानकारी दिन आनाकानी गरेका छन्।

यस निर्माण कार्य वरपर लगाइएको पर्खालहरू गत वर्षातको झरिले भत्किन थालेका छन्। यसै बीच सरकारी पुर्वधार विकासको कार्य केवल अनुमोदन मात्र भएएको तर फिल्डमा कार्यप्रगति शून्य रहेका कारण जनताले विभिन्न प्रकारको सास्ती खेप्नु परेको छ। पार्टी फण्ड, कमिसनलगायत अन्य विभिन्न कारणहरूले पुर्वधार विकासमा ठुलो धक्का पुगेको स्थानीयहरूको आशंका रहेको छ।

यो निर्माण कार्य विशेष गरेर चरणबद्ध रूपमा गरिने वृहत् परियोजना हो। अहिले पर्यटकहरुको आगमनमा कमि भएको छ भने, सिजन लाग्न अब केहि महिना बाँकी छ। सिजन सुरू भएपछि पर्यटकहरुको घुँइचो लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...