HomeFeatureट्रेड युनियन खारेज नगर्न सरकारलाई नेपाल निजामती कर्मचारी संगठनको चेतावनी

ट्रेड युनियन खारेज नगर्न सरकारलाई नेपाल निजामती कर्मचारी संगठनको चेतावनी

काठमाण्डौँ, 18 फरवरी 2020

नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ। फागुन 2 र 3 गते भक्तपुरमा बसेको सातौँ केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभएको हो। उहाँले संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको बताउनुभयो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरुले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै आपत्ती जनाउनुभएको हो।

उहाँले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेको समेत बताउनुभयो। संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो। उहाँले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने गरेको बताउनुभयो।

त्यस्तै ट्रेड युनियनमा लाग्ने कर्मचारीहरुमाथि कार्यालयको काम नगरी ट्रेड युनियनको मात्र काम गर्ने आरोप लाइएको भन्दै खण्डन समेत गर्नुभयो। नेपाल निजामती कर्मचारी संगठनले व्यक्तिगत स्वार्थको आधारमा नभई सामुहिक स्वार्थको लागि मात्र आवाज उठाउने निर्णय बैठकले गरेको समेत उहाँले बताउनुभयो। उहाँले भ्रष्टाचार गर्ने तथा गलत गर्ने कर्मचारीलाई कारबाही गर्न संगठनले सधैं सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। बैठकले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचार विरोधि अभियानहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...