HomeFeatureप्रतिनिधिसभाको शून्य समयमा सांसदहरूद्वारा समसामयिक वियषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूद्वारा समसामयिक वियषयमा सरकारको ध्यानाकर्षण

काठमाण्डौँ, 18 फरवरी 2020

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक वियषयमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अतहर कमाल मसलमानले संसदभित्र धर्मका विषयमा टिकटिप्पणी नगर्न आग्रह गर्नुभएको छ। जनताबाट निर्वाचित जनप्रतिनिधिले सदनभित्र विभिन्न धर्मका मत प्राप्त गर्ने र ती धर्मका बारेमा टिका टिप्पणी गर्दा सदनको गरिमामा आउँ आउने भएकाले धर्मका विषयमा अनावश्यक विवाद र बहस नगर्न आग्रह गर्नुभयो। सांसद अमरेश कुमार सिंहले उखु किसानहरुले भुक्तानी नपाएको कुरा पटक पटक उठेपनि अझसम्म भुक्तानी पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योग मन्त्रालयमा भएको सहमति अझैपनि कार्यान्वयन भएको भन्दै उहाँले सरकार किसान र जनता को हो की? विचौलिया र दलालको को हो? भन्दै प्रश्न गर्नुभयो। उहाँले चाँडै किसानहरुको भुक्तानी दिनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद अमृता थापाले सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेको प्रति आभार व्यक्त गर्दै छाउप्रथा, बोक्सीप्रथा लगायतका महिला हिंसा भेदभावहरुको भित्रि कारण खोजेर मनको गोठ भत्काउने अभियान सुरु गर्नुपर्ने बताउनुभयो। उहाँले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा समाचारमा आएपछि मात्रै सरकारले थाहा पाउने गरेको भन्दै दुःख समेत व्यक्त गर्नुभयो।

सांसद इन्दु कुमारी शर्माले सरकारी कार्यालयमा माथिल्लो दर्जाका कर्मचारीले तल्लो दर्जाका कर्मचारीहरुलाई गर्ने व्यवहार सामन्ती सरकारको जस्तो भएको टिप्पणी गर्नुभएको छ। आफु मातहतका कर्मचारीहरुलाई हेपाहा प्रवृतिका भाषा प्रयोग नगर्न उहाँले आग्रह गर्नुभयो।

सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताउनुभएको छ। दुई वर्षको समयमा सरकारले कुनै ठोस कार्यक्रम देखाउन नसकेको भन्दै उहाँले सरकारको प्रशंसा गरेर समाचार नछापेको भन्दै सञ्चारामध्यमलाई थर्काउने काम भएको बताउनुभयो। आफै बालुवाटारमा बासुरी बजाउने अनि किन छाप्यौ भनेर थर्काउने भन्दै उहाँले प्रश्न समेत गर्नुभयो।

सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका २२ सुन्धारा छेउमा रहेको सरकारी जग्गा १ सय वर्षदेखि मुस्लिम समुदायले प्रयोग आएकोमा अहिले त्यहाँको जग्गा विचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। वि.स.२००२ सालमा मस्दिज बनाएर मुस्लिम समुदायले प्रयोग गरिरहेको जग्गा अहिले कसरी व्यक्तिको नाममा आयो भन्दै उहाँले प्रश्न समेत गर्नुभयो।

सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थला निर्माणका क्रममा अधिग्रहण गरिएको थप जग्गाको मुआब्जाका विषयमा आफ्नो धारणा राख्नुभयो।

सांसद खेम प्रसाद लोहनीले बुढिगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण सरकराले गरेपनि आरुघाट खहरे लगायतका स्थानीयले मुल्यको एक चौथाई पनि नपाएको भन्दै विरोध गरिरहेको प्रति ध्यानाकर्षण गराउनुभयो। उहाँले मुआब्जा पुर्ननिर्धारण गरी जनताका माग सम्बोधन गर्न आग्रह गुर्नभयो।

सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गर्नुभयो।

सांसद गणेश कुमार पहाडीले युटिलिटी करिडोरका लागि छुट्टै कानून आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद गौरीसंकर चौधरीले टीकापुरबाट निर्वाचित सांसद रेशम चौधरी लगायत थारु आन्दोलनका क्रममा जेल परेकाहरुको रिहाइको माग गर्नुभयो। उहाँले टीकापुर घटनाका विषयमा गठित लाल आयोगको प्रतिवेदन माग गर्दै चौधरी लगायत अन्यमाथि लागाइएका झुठा मुद्दाहरु फिर्ता गरि रिहाइको माग गर्नुभएको हो।

सांसद जुली कुमारी महतोले जनकपुरमा र भैरहवामा भएका सामूहिक बलातकारका घटनामा  पक्राउ गरेका दोषिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्नुभयो। त्यसैगरी तराई जिल्लामा चलनमा रहेको दाईजो, बालविवाहका घटना कम गर्न लागि सरकारले विशेष कानून ल्याएर योजना बनाउन आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...