HomeFeatureमेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र उपकरणहरु नष्ट हुने अवस्थामा,...

मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र उपकरणहरु नष्ट हुने अवस्थामा, आयोजनाले संरक्षणमा चासो देखाएन

काठमाण्डौँ, 18 फरवरी 2020

सुन्दरी जलमा रहेको मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र परेका उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका छन्। महत्वपूर्ण उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुग्दा समेत आयोजनाले त्यसको संरक्षणमा कुनै चासो देखाएको छैन्। इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका करोडौं मूल्यका उपकरणहरु लामो समय ठेक्का नलाग्दा र नयाँ कम्पनीले प्रयोग नगर्दा ती उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका हुन् । जसका कारण राज्यलाई कारोडौं रुपैयाँ नोक्सानी भएको छ।

यो दृश्य राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौंको सुन्दरीजलमा अलपत्र परेका उपकरणहरुको हो। कारोडौँ रुपैयाँ मूल्य पर्ने यी उपकरणहरु खानेपानी आयोजनाको लागि प्रयोगमा आउन सक्ने भएपनि ठेकेदार कम्पनीले नयाँ उपकरणहरु प्रयोगमा ल्याएका कारण यी उपकरणहरु अलपत्र परेका हुन्। तर यसको संरक्षण र प्रयोगमा आयोजनाले कुनै चासो देखाएको छैन्।

निकै विवाद रहँदै निर्माण कार्य अगाडि बढिरहेको मेलम्चि खानेपानी आयोजनामा यसअघी काम गरेको इटालियन कम्पनीले प्रयोग गरेका उपकरणहरु हुन यी। तर लामो समय ठेक्का लगाउन नसक्नु र नयाँ कम्पनी सिनो हाइड्रेले यी उपकरणहरुको प्रयोग नगर्दा राज्यलाई कारोडौ रुपैयाँ नोक्सानी भएको छ। तरपनि सरकारले यस बारेमा कुनै चासो दिएको छैन्। पछिल्लो समय राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले चासो देखाएको छ। समितिले त्यस क्षेत्रमा पुगेर अनुगमन गरी ती उपकरणहरु कसको हो र किन अपलपत्र परेका हुन भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। समितिका सभापति तारादेवी भट्टले अलपत्र परेका यी उपकरणहरु राष्ट्रको सम्पत्ति भए सरकारले सुरक्षित गर्नुपर्ने बताउनुभयो। उहाँले मेलम्चीमा ठुलो घाटा भइरहदा उपकरणहरु नष्ट हुनु र प्रयोगमा नआउनुले अझबढी नोक्सान हुनेभएकाले र किन यस्तो भइरहेको छ समितिले अनुसन्धान गर्न लागेको बताउनुभयो।

सरकारले आगामी असारसम्म मेलम्चीको खानेपानी काठमाडौँसम्म ल्याइपुऱ्याउने बताएको छ। गत साता खानेपानी मन्त्रालयले स्वेतपत्र जारी गर्दै असार मसान्तभित्र खानेपानी ल्याइपुऱ्याउने घोषणा गरेको थियो। तर आयोजनाका यस्ता महत्वपूर्ण उपकरणहरु प्रयोगमा नआई अलपत्र अवस्थामा रहनुले अझ बढी नोक्सानी हुने निश्चित जस्तै छ। समिति सभापति भट्टले आगामी असार सम्म पानी ल्याउने लक्ष्य सरकारको रहेको तर यस्ता उपकरणको प्रयोगमा ध्यान नदिई लागत बढाउने काम भइरहेको भन्दै समितिले अनुसन्धान गरी सरकारलाई निर्देशन दिने बताउनुभयो। उहाँले अलपत्र परेका उपकरणहरु जसको भएपनि संरक्षण गर्नुपर्ने जिम्मेवारी सरकारको भएको बताउनुभयो।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गबाट आएको पानी सुन्दरीजलमा रहेको रिजर्भ ट्याङ्कीमा खसालेपछि मात्र काठमाडौंमा वितरण गरिने छ। आयोजनाले हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ। आयोजनामा गत वर्ष इटालियन कम्पनी सीएमसीले छाडेपछि सरकारले पुनः चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक १५ महिना भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो। तर सिनो हाइड्रोले यी उपकरणहरु प्रयोगमा नल्याई नयाँ उपकरणहरु प्रयोग गरिरहेको छ। जसका कारण मेलम्ची खानेपानी आयोजनाको लागत बढ्ने निश्चित छ। करोडौं मूल्य पर्ने यी उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुगेपछि राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गत आइतबार अनुगमन गरेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...