HomeFeatureसरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजियो : प्रधानमन्त्री ओली

सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजियो : प्रधानमन्त्री ओली

काठमाडौं, १९ फरवरी, २०२०
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए ।

‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्न, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेका छन्,’ ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौं ।’

आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा खर्चेका प्रधानमन्त्रीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुने उनको भनाइ छ ।

गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै उनले सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको बताए । समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम सुरु गरेको, केही सुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कूटनीतिमा वर्तमान सरकारले सफलता हासिल गर्दै गएको दाबी पनि गरे । यही सफलताका कारण विश्व मञ्चमा नेपाल सुनिन थालेको उनले बताए ।

‘हामीप्रति विश्वजगतको ध्यानाकर्षण हुन थालेको छ । हाम्रो गरिमा बढेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...