कैलाली, 19 फरवरी 2020/ हिम शाह
सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको एयरक्राफ्ट म्युजियम अन्यत्र सार्ने तयारी भएको छ। ६ वर्षका लागि जग्गा लिजमा लिएर संचालमा आएको एयरक्राफ्टको जग्गाको सम्झौता अवधि सकिएपछि अन्यत्र सार्ने तयारी गरिएको हो।
एयरक्राफ्ट धनगढी उपमहानगरपालिकाको कबर्ड हल नजिकै २०७० सालदेखि सञ्चालनमा ल्याईएको थियो। जग्गाको लिज अवधि नथपिएपछि म्युजियमलाई अन्यत्र सारिन लागिएको सञ्चालकसमेत रहनु भएका क्याप्टेन वेद उप्रेतीले बताउनुभयो।
२०७० सालमा कस्मिक एयरको ग्राउण्डेड फोकर–१०० जहाज धनगढी ल्याएर डेढ करोडको लगानीमा म्युजियम स्थापना गरिएको थियो। म्युजियम सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाईमा पर्दै आएको थियो।









































