HomeFeatureअमेरिकी राष्ट्रपति ट्रम्प भ्रमणका लागि गुजरात आउँदै

अमेरिकी राष्ट्रपति ट्रम्प भ्रमणका लागि गुजरात आउँदै

गुजरात, १९ फरवरी,२०२०
भारतको गुजरातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प आगामी सोमबार गुजरात आउँदैछन् । दुई दिवसीय भारत भ्रमणको सुरुवात ट्रम्पले गुजरातबाट गर्दैछन् ।

ट्रम्पले गुजरातको राजधानी अहमदावादस्थित विश्वकै ठूलो क्रिकेट स्टेडियम उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गुजरातका सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएअनुसार गुजरातमा ट्रम्प करिब तीन घण्टा रहनेछन् । ट्रम्पको तीन घण्टे भ्रमणका लागि अहमदावाद सहरलाई सजाउन, सडक पिच गर्न, सुकुम्बासीहरुको झुपडी रहेको बस्तीलाई सडक किनारमा ७ फिट अग्लो पर्खाल बनाएर ढाक्ने लगायतका काम गर्न गुजरात सरकारले ८५ करोड रुपैयाँ खर्च गरेको छ ।

८५ करोड रुपैयाँको करिब आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च गरिदैँछ । ट्रम्पको भ्रमण अवधिको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहने जनाइएको छ ।

ट्रम्पको सवारी मार्गमा पर्ने क्षेत्रलाई सजाउनका लागि ६ करोड रुपैयाँ खर्च भएको छ । यस्तै सांस्कृतिक कार्यक्रमका लागि ४ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।

अहमदावाद नगर निगमका आयुक्त विजय नेहरालाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार ट्रम्पले उद्घाटन गर्ने स्टेडियमसम्म पुग्ने सडक चौडा गर्न र अन्य पूर्वाधान निर्माणका लागि ३० करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...