HomeFeatureनेपाल कोरोना मुक्त रहेको र भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश विश्वलाई...

नेपाल कोरोना मुक्त रहेको र भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश विश्वलाई दिनुपर्छः मन्त्री भट्टराई

काठमाण्डौ, 19 फरवरी 2020

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस मुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताउनुभएको छ। चीनबाट उद्धार गरिएको १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोना मुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताउनुभएको हो। आजका मितिसम्म नेपालमा एक जना पनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरुमा उच्च सतर्कता अपनाइएको बताउनुभयो।

नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको स्पष्ट पार्नुभयो। उहाँले चीनले आफुलाई कोरोनाबाट सम्पूर्ण रुपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताउनुभयो। पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रुपमा ध्यान दिँदै बैकल्पिक बजारमा जानुपर्ने बताउनुभयो।

चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने उहाँले बताउनुभयो। चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी युरोप, अमेरिका, मध्य पूर्व लगायतका देशमा परिचालन गरिने उहाँले बताउनुभयो।

मन्त्री भट्टराईले छिमेकी मुलुक ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला अहिले नभएको पनि बताउनुभयो। नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले आफुले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...