नयाँ दिल्ली, 20 फरवरी
भारतको तमिलनाडुमा आज भएका 2 छुट्टा-छुट्टै घटनामा 24 जनाको मृत्यु भएको छ । राज्यको तिरुपुर जिल्लाको अविनाशी शहरमा भयानक सडक दुर्घटना हुँदा 19 जनाको मृत्यु भएको छ भने 20 जना भन्दै धेरै घाइते भएका छन । आज बिहान साढे 4 बजे केरल राज्य परिवहनको बस र ट्रकबिच भयानक दुर्घटना भएको हो । ज्यान गुमाउनेमा 14 पुरुष र 5 महिला रहेका छन । बस कर्नाटकको बेंगलुरुदेखि केरलको एर्नाकुलम गइरहेको थियो भने ट्रक कोयम्बटूर-सलेम हाईवेमा विपरीत दिशाबाट आइरहेको थियो । ज्यान गुमाउनेहरुको शवलाई तिरुपुरको सरकारी अस्पताल पुऱ्याइएको छ । अहिले दुर्घटना कसरी भयो भन्ने जानकारी प्राप्त नभएपनि केएसआरटीसीका प्रबन्ध निर्देशकले अनुसन्धान गरि रिपोर्ट प्रस्तुत गर्नुहुनेछ । यसैबिच तमिलनाडुका मुख्यमन्त्री पिनाराई विजयनले पलक्कड़का जिल्ला कलेक्टरलाई दुर्घटना पीडितहरुलाई चाँडो भन्दा चाँडो चिकित्सा सुविधा प्रदान गर्न निर्देश दिनुभएको छ । केरलका परिवहन मन्त्री ए के ससीन्द्रनले केरल राज्य सडक परिवहन निगमका वरिष्ठ अधिकारी घटनास्थलमा पुगेको बताउनुभएको छ । तमिलनाडुको सलेम जिल्लामा भएको एक अर्को दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । एक कार बससँग ठोक्किएर भएको दुर्घटनामा उनिहरुको मृत्यु भएको हो ।









































