पोखरा, २१ फरवरी, २०२०
पोखराको साराङकोटमा प्याराग्लाइडिङ वर्ल्ड कप सुरु हुने भएको छ ।
नेपाल हवाई खेलकुद संस्थाले यही फागुन ११ गतेबाट प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर २०२० गर्न लागेको हो ।
संस्थामा अध्यक्ष कृष्ण भन्डारीका अनुसार यो कार्यक्रम ७ दिनसम्म चल्नेछ । उनका अनुसार यो प्याराग्लाडिङको १९ औं संस्करण हो ।
खेल सारङकोटबाट सुरु हुनेछ । प्रतियोगितामा नेपाल भिजिट नेपाल २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समेत सहकार्य रहने छ ।
यसले १९ औं च्याम्पियन पाउने छ। प्रतियोगितामा २५ भन्दा बढी देशबाट १ सयभन्दा बढी ग्लाइडर उपस्थित हुने छन्। तर, कोराना भाइरसका कारण केही खेलाडीको संख्यामा भने कम हुने भण्डरीको भनाइ छ ।
खेलको सुरक्षाको जिम्मेवारी भने नेपाली सेनालाई दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका वरिष्ट अधिकृत मुकेश डंगोलले जानकारी दिए ।
आयोजकले सुरक्षाको लागि मन्त्रालयसँग सहयोग मागेको र मन्त्रालयले एउटा हेलिकोप्टरसहित तयारी अवस्थामा सेना राख्न सहयोग गरिदिएको हो।









































