HomeFeatureबाँस्कोटा कमिशन प्रकरणबारे विप्लवको आरोप : ओलीका असली ‘चेला’को काण्डले देश लज्जित...

बाँस्कोटा कमिशन प्रकरणबारे विप्लवको आरोप : ओलीका असली ‘चेला’को काण्डले देश लज्जित छ

काठमाडौं, २२ फरवरी, २०२०

नेत्रविक्रम चन्द विप्लव समूहले गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका असली ‘चेला’ले देश लज्जित भएको टिप्पणी गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी विप्लव नेकपाले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न खोजेको आरोप लगाएको छ ।

‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैे घटनाको निष्पक्ष छानविनको माग पनि गरेका छन् ।

यसअघि बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी मेसिन खरिद प्रक्रियाका क्रममा एजेन्टसँग कमिसनको बार्गे्निङ गरेको अडियो सार्वजनिक भएको थियो । लगत्तै, उनले पदबाट राजीनामा दिएका थिए । उनले भनेका छन् ‘देशको सुरक्षा संवेदनशीतासँग जोडिएको मुद्दामा प्रम ओलीको असली चेलाको यो काण्डले देश नै लज्जित छ ।’

‘सिंगो देशले उनको कारबाहीको माग गरिरहेको छ’, विप्लवले भनेका छन्, ‘तर, प्रम केपी ओली स्वयम् भ्रष्ट मन्त्री बाँस्कोटालाई बचाउन र घुसखोरी काण्डलाई ढाकछोप गर्न लागि रहेका छन् ।’

उनले ओली सरकारलाई भ्रष्ट, कमिसनखोर र राष्ट्रघातीको संज्ञा दिँदै सरकारको बर्खास्तीका आ–आफ्नो मोर्चाबाट उत्रिन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...