इटहरी,२२ फरवरी,२०२०
क्यान्सर रोग लागेर नेपालमा दैनिक ४० जनाको मृत्यु हुने गरेको छ ।
सोसियल रिकन्ड्रक्सन फाउन्डेशन इटहरीले शनिबार आयोजना गरेको जनचेतना कार्यक्रममा बोल्दै उनले क्यान्सर रोगबाट दैनिक ४० जनाको मृत्यु हुने क्यान्सर डाक्टर अरुण शाहीले बताएका हुन् ।
क्यान्सर रोग भयावह नरहेको र यसको हेलचेक्राईँले मानिसको मृत्यु हुने गरेको उनले बताए । ‘क्यान्सर भन्दा खत्रा रोग प्रेसर र डायबिटिज हो,’ उनले भने, ‘समय–समयमा उपचार गराएमा क्यान्सरको रोग ठीक हुन्छ ।’ उनले नेपालमा अहिलेसम्म सबैभन्दा बढी मानिस फोक्सोको क्यान्सरबाट निधन हुने गरेको सुनाए ।
शाहीले धूवाँ धूलोको कारण, नचाहाँदा–नचाहाँदै पनि मोटाउँने, अस्वभाविक रुपमा तौल घट्ने, बिनाकारण आवाज परिवर्तन हुने जस्ता कुरा भएमा क्यान्सरको लक्षण हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे । अहिले नेपालमा पाठेघरको मुखको क्यान्सर भएका महिलाहरुको संख्यामा बृद्धि भईरहेको बताउँदै दैनिक ५ जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरे ।
पछिल्लो समय नेपालमा क्यान्सर रोगबाट मृत्यु हुनेको संख्या भयावह रहेको भन्दै क्यान्सर लाग्न नदिनका लागि उक्त सचेतना कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष राम निरौलाले बताए । उनले भने, धूँवा, धूलोका कारण पनि हामीलाई रोग लागिरहेको छ, रोग लाग्न नदिनका लागि पनि यो निःशुल्क सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।’ संस्थाका सचिव रमेश खड्काले यसअघि पनि उक्त संस्थाले विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको र आगामी दिनमा सचेतनाका कार्यक्रमहरु आयोजना गर्ने बताए ।









































