नयाँदिल्ली, २३ फरवरी, २०२०
नेपाली दुतावासले दक्षिण कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको सङक्रमण दक्षिण कोरियामा पनि बढ्न थालेपछि दुतावासले यस्तो आग्रह गरेको हो ।
दक्षिण कोरियामा कोरोना भाइरस संक्रंमितको संख्या दोब्बर हुन लागेपछि विज्ञप्ती मार्फत सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो ।
दक्षिण कोरियामा भाइरसको सक्रंमणको शंका लागेका अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरुले समेत सार्वजनिक स्वास्थ्य संस्थामामा गएर चेकजाँच तथा उपचार गराउन सक्ने बताइएको छ ।
हाल सम्म दक्षिण कोरियामा कोरोना भाइरसबाट सक्रंमितको संख्या कुल ४ सय ३३ पुगेको जनाइएको छ ।









































